दार्जिलिङको‌ १११ वर्ष पुरानो मन्दिरको दुर्गा पूजा ट्रोय ट्रेनमा ल्याएर रंगबुलमा विसर्जन

IMG-20251003-WA0136

दार्जिलिङ: यस वर्ष दार्जिलिङको पुरानो समयदेखि आयोजना गर्दै आईरहेको निपेन्द्र नारायण बंगाली हिन्दु हल श्री दुर्गा हल श्री मन्दिर दुर्गा पूजा १११ वर्ष पुगेकोमा भव्य रूपमा मनाइएको छ। विश्व प्रसिद्ध दार्जिलिङ हिमालयन रेलवेमा दार्जिलिङबाट लगभग १२ किलोमिटर टाढा रंगबुलमा देवी दुर्गाको विसर्जन पनि भव्य रूपमा गरिएको छ।

ट्रोय ट्रेनद्वारा बतासिया लूप हुँदै मूर्तिलाई ४७०७ मिटरमा अवस्थित एसियाको सबैभन्दा अग्लो रेलवे स्टेशनहरूमध्ये एक घुम रेलवे स्टेशनमा पुर्‍याएको थियो। विसर्जन अवसरमा आयोजित रैली भव्य रुपमा आयोजना गरिएको थियो र र्‍यालीमा सबैजना आफ्नो उत्कृष्ट परम्परागत पोशाकमा थिए।

ट्रोय ट्रेनको तीनवटा बोगीहरूमा दुईवटामा भक्तजन र पूजा समितिका सदस्यहरूलाई बोकेर कोचमा र एउटा ट्रली प्रयोग गरिएको थियो।

सुबासिस सेनगुप्ता सचिव एनएनबीएच हलले पूजा सफल बनाएकोमा सबैलाई धन्यवाद दिए र सबैलाई खुशीको पूजाको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement