असमका राज्यपाल र सिक्किमका राज्यपालकाे भेट

IMG_20220923_234359.jpg

गान्तोक: दुई दिवसीय भ्रमणमा आफ्नु धर्मपत्नी प्रेम मुखीसँग सिक्किम आएका असमका राज्यपाल प्रो. जगदीश मुखीले आज सॉंझ राजभवनमा सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग भेट गरे।

राजभवनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि राज्यपाल मुखीलाई स्वागत जनाए। यस अवसरमा मुख्य सचिव वीबी पाठक, पुलिस महानिदेशक सुधाकर राव र मुख्यमन्त्रीका सचिव एसडी ढकाल पनि उपस्थित थिए।

राजभवन अनुसार, प्रो. जगदीश मुखी असमका 30औं राज्यपाल हुन्। उनले १० अक्टोबर, २०१७ मा आफ्नो पद ग्रहण गरेका थिए। असमका राज्यपालको रूपमा नियुक्त हुनअघि उनी अण्डमान र निकोबार द्वीप समूहका उपराज्यपाल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *