सम्भावित व्यापार लगानीकर्ताहरूसित मुख्यमन्त्री तामाङको बैठक

IMG_20220923_233254.jpg

गान्तोक: मुख्यमनत्री पीएस गोलेले आज आफ्नो सरकारी आवास मिन्तोकगाङमा देश विदेशका सम्भावित व्यापार निवेशकहरूसित एउटा बैठक गरे। यस अवसरमा राज्यमा क्लस्टरको विकास, उद्यमशीलता विकास कार्यक्रम र लघू अनि सुक्ष्म उद्योगको विकासको निम्ति सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभाग र हैदरवादको नेशनल इन्स्टीट्यूट अफ् एमएसएमई बीच एउटा समझौता पत्रमा हस्ताक्षर गरियो।

आज मुख्यमन्त्रीसित बैठक गर्ने सम्भावित व्यापार निवेशकहरूको प्रतिनिधि टोलीमा देश अनि विदेशका २४ जना निवेशक सामेल थिए। उनीहरूले सरकार समक्ष राज्यमा रियल स्टेट, मनोरञ्जन पार्क, आवासीय विद्यालय अनि कफी बगानको क्षेत्रमा एक हजार करोड़सम्मको लगानी गर्ने प्रस्ताव पेश गरेका छन्।

मुख्यमन्त्री गोलेले निवेशकहरूको प्रस्तावलाई स्वागत जनाउँदै यसले सिक्किम राज्यको विकासमा महत्वपूर्ण भूमिका निभाउने आशा व्यक्त गरे। यसको साथै सरकारको तर्फबाट सक्दो सहयोग प्रदान गर्ने आश्वासन पनि दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *