माङ्ग्न: राष्ट्रपिता महात्मा गान्धीको १५६औँ जन्मजयन्ती माङ्ग्न जिल्लामा पनि धुमधामका साथ मनाइएको छ।
जिल्ला सदरमुकाममा आयोजित विशेष समारोहमा उप-जिल्लाधीश (एसडीएम) सन्दीप कुमारको प्रमुख आतिथ्यमा गान्धीजीको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरियो।
सम्बोधनका क्रममा एसडीएम कुमारले गान्धीजीको सत्य, अहिंसा र सद्भावको मार्ग आजको समयमै पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले शान्ति र अहिंसामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे।
कार्यक्रममा वन विभागका आरएओ सुपेन्द्र सुब्बा, मत्स्य विभागका बीओ रोशन सुब्बा, जिल्ला योजना कार्यालयका डीपीओ र संयुक्त निर्देशक कर्म दोर्जी भोटिया लगायत सरकारी अधिकारी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति थियो।
सर्वसाधारणले गान्धीजीको आदर्श आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरे।