गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्धी जयन्तीको अवसरमा राष्ट्रपिता महात्मा गान्धीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले महात्मा गान्धीको सत्य, अहिंसा र आत्मनिर्भरता जस्ता शाश्वत मूल्यलाई पुनः स्मरण गर्दै सिक्किमले दिगो विकास, शान्तिपूर्ण सहअस्तित्व र समावेशी समाज निर्माणमा निरन्तर प्रयासरत रहेको बताए।
यस विशेष दिनमा उनले गान्धीका आदर्शलाई जीवन्त राख्दै राज्य र राष्ट्रको समृद्ध भविष्यका लागि प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन्।