दशैं हर्षोल्लास र शान्तिपूर्ण रुपमा पालन

IMG-20251002-WA0215

दार्जीलिङ: दार्जीलिङ पहाड़मा पूर्ण शान्ति र खुशीका साथ दशैं पर्व पालन गरिएको छ। सम्पूर्ण पहाड़भरि दशैंको रमझम चलिरहेको छ। आज दशमीको दिन ठूला-बड़ाका हातबाट आशिषमय टीका थाप्नेहरूको ओहोर-दोहोर त्यतिकै जारी छ। रोजगारको कारण आफ्नो गाउँ-घरबाट धेरै टाड़ा जान बाध्य बनेकाहरू पनि अहिले गाउँ-घरतिर आएर दशैंको आफ्ना अभिभावकबाट आशिर्वादसहित टिका ग्रहण गरिरहेका छन्। उनीहरूको निधार पनि राती-सेतो चामलको टीकाले भरिएका छन्। नेपाली गोर्खा जातिको लागि यो महान पर्व दशैंको एउटा छुट्टै महत्व छ। दशैंको समय ठूला-बड़ाका हातबाट निधारमा चामलको टीका लगाएर आशिष थाप्ने रिती-रिवाज गोर्खा जातिबाहेक अन्य कुनै समुदायमा छैन। यसैले यस दशैंलाई गोर्खा जातिले छुट्टै महत्व दिने गरेको छ। यसैकारण पनि दशैंको समय आप्नो घरदेखि बाहिर रहेकाहरू पनि आफ्नो गाउँमा फर्किएर आउने गर्छन् अनि गाउँमा सबैसित भेटघाट गरेर रमाइलो गर्ने गर्छन्। दशैं पर्वको दशमीको दिन दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक लगायत तराई र डुवर्स क्षेत्रको विभिन्न स्थानहरुमा हर्षोल्लासका साथ पालन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement