राज्यपाल माथुरद्वारा दशैँको अवसरमा एकता र समृद्धिको लागि आह्वान

photocollage_20241011162117124

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज बडा दशैँको पावन पर्वमा सम्पूर्ण नागरिकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आज जारी गर्नुभएको सन्देशमा देशवासी र विशेषगरी सिक्किमवासीहरूलाई बडा दशैँको हार्दिक शुभकामना दिनुभयो।
राज्यपालले यो पर्वलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको जीतको प्रतीकको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो कि यस पर्वले हामीलाई संकल्प शुद्ध भए हरेक बाधामाथि विजय सम्भव छ भन्ने स्मरण गराउँछ।
सिक्किमको सांस्कृतिक विविधता यसको विशिष्ट पहिचान रहेको बताउँदै राज्यपालले सबै समुदायलाई आ-आफ्नो संस्कृतिको श्रद्धा र हर्षोल्लासका साथ पालन गर्न आह्वान गर्नुभयो। उहाँले सबै मिलेर एउटा यस्तो समाजको निर्माण गर्न आग्रह गर्नुभयो, जहाँ भलाइ, करुणा र समरताको वास होस्। राज्यपालले हाम्राभित्रका नराम्रा कुराहरूलाई पराजित गरेर एउटा अझ उज्जवल र समृद्ध सिक्किम निर्माण गर्न पनि आह्वान गर्नुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement