गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नवरात्रिको शुभ अवसरमा राजभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभएको छ। यस अवसरमा दुवै नेताले दशैँको शुभकामना आदानप्रदान गर्नुका साथै मिठाईसमेत साटासाट गरे।
राजभवनले जारी गरेको विज्ञप्ति अनुसार, राज्यपालले मुख्यमन्त्रीको न्यानो स्वागत गर्नुभएको थियो। भेटघाटका क्रममा राज्यपाल र मुख्यमन्त्रीले राजभवनमा आयोजित पूजामा सहभागी भए। उहाँहरूले नवरात्रि र दशैँको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई शक्ति, स्वास्थ्य र समृद्धिको कामना गर्नुभयो।