लुटपाट गर्न खोज्ने बदमाश युवक पक्राउ

IMG-20220923-WA0176.jpg

कालचिनी: गत १९ सेप्टेम्बरको दिन जयगाउँ स्थित पीएनबी ब्यांकमा पैसा जमा गर्न आएको एकजना कोरियर कर्मचारीलाई लुटपाट गर्न खोज्ने बदमाशलाई आज भोटाङ गेट खोल्ने दिनमा नै जयगाउँ थानाको पुलिसबलले पक्राउ गर्न सफल भएको जनाएका छन।
गत १९ सेप्टेम्बरको दिन जयगाउँ स्थित पीएनबी ब्यांकमा रकम जमा आएको कोरियर कर्मचारीलाई लुटपाट गर्न खोजिएको घटनाले जयगाउँ सहरमा सनसनी मच्चिएको थियो।
यद्यपि उक्त घटनामा लुटपाट गर्न असफल भएका बदमाश भाग्न सफल भएता पनि अन्ततः पुलिसले आज उक्त घटनाको मुख्य आरोपी जयगाउँ गुवाबारी निवासी जबाउल आलम उमेर ३० लाई पक्राउ गर्न सफल भएको जयगाउँ थाना प्रभारी प्रबिर दत्ताले जनाएका छन्।
भोटाङ गेट खोल्न मात्र चार दिन अघि भएको उक्त घटनाक्रमले जयगाउँ बासिन्दाहरूमा ब्याकुलता छाएको थियो भने आज उक्त घटनामा संलिप्त मुख्य आरोपी जबाउल आलमलाई पक्राउ गरेक सोधखोज गर्दा आरोपीले सबै आरोप स्वीकार गरेको बताईएको छ।
आरोपीलाई आज अलिपुरद्वार जिल्ला अदालतमा पठाएको जयगाउँ एएसपी कुन्तल ब्यानर्जले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *