गान्तोक: दुर्गा पूजाको शुभ अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेट गरी आशीर्वाद लिएका छन्।

मुख्यमन्त्रीसँग उनकी धर्मपत्नी कृष्ण कुमारी राई र छोरी पनि उपस्थित थिइन्।

मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै, आमाको माया र आशीर्वाद प्राप्त गर्नुले यस पर्वलाई अझ अर्थपूर्ण बनाएको बताएका छन्।