आकाशवाणी खरसाङमा चलिरहेको हिन्दी दिवस पखवाडा समारोहको समापन

IMG-20250930-WA0118

खरसाङ: आकाशवाणी खरसाङमा गत १५ सेप्टेम्बरदेखि चलिरहेको हिन्दी दिवस पखवाडा समारोहको आज समापन भएको छ। हिन्दी दिवस पखवाडा समारोह गत १५ सेप्टेम्बरदेखि शुरु भएर आज ३० सेप्टेम्बरको दिन समापन भएको छ। यस अन्तर्गत पहिलो दिन उदघाटन समारोह सम्पन्न भएको छ। उक्त उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिलगढीबाट बन्दना गुप्ता उपस्थित रहेका थिए‌।

यस १५ दिवसीय हिन्दी दिवस पखवाडा समारोह अन्तर्गत १९ सेप्टेम्बरमा स्वरचित कविता प्रतियोगिता, २२ सेप्टेम्बरमा आकाशवाणी खरसाङको स्थायी कर्मचारीहरुलाई लिएर आँशु भाषण प्रतियोगिता र २३ सेप्टेम्बरको दिन अस्थायी कर्मचारीहरुलाई लिएर आँशु भाषण प्रतियोगिता सम्पन्न भएको थियो। त्यसरी नै २४ र २५ सेप्टेम्बरको दिन दुई दिवसीय अन्ताक्षरी प्रतियोगिता सम्पन्न भएको थियो भने आज ३० सेप्टेम्बरको दिन समापन समारोह सम्पन्न भएको छ।

यस समापन समारोहको अध्यक्षता राज भाषा अधिकारी एंव कार्यक्रम निष्पादक राजीव सुब्बाको अध्यक्षता र सिलगढीबाट आएका हिन्दी साहित्यका वरिष्ठ साहित्यकार डा विखी प्रसादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। यस समापन कार्यक्रमलाई ललित सेवाले सञ्चालन गरेका थिए। उनले हिन्दी दिवस पखवाडा दिवस समारोह अन्तर्गत गत १५ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म चलेको विभिन्न कार्यक्रमहरु विषयमा जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै हिन्दीका वरिष्ठ साहित्यकार डा विखी प्रसादले हिन्दी भाषाले भारतको राष्ट्रिय भाषाको रूपमा मान्यता पाएको विषयमा बताउँदै हिन्दी भाषाको महत्व विषयमा जानकारी गराएका थिए।

उनले हिन्दी राजभाषा र हिन्दी दिवस पखवाडा समारोह र यसको महत्व विषयमा बोल्दै हिन्दी भाषालाई विश्वले महत्व दिएको बताएका छन्। कार्यक्रममा विभिन्न प्रतियोगिताहरुमा पुरस्कार विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उदघोषक उमेश दर्जीले राखेका थिए।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आकाशवाणी खरसाङको तर्फबाट ललित सेवाले गत १५ सेप्टेम्बरदेखि शुरु भएको हिन्दी दिवस पखवाडा समारोहमा सहभागी सबै कर्मचारीहरु साथै अतिथिको रुपमा उपस्थित हिन्दी साहित्यका वरिष्ठ साहित्यकारहरुप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement