दुर्गा पूजाको अवसरमा छ माइलमा भव्य फूलपाति शोभायात्रा

Screenshot_20250929_225330_YouTube

गान्तोक: राजधानी छ माइलस्थित प्रगति सोशल क्लबले स्थानीय दुर्गा मन्दिरमा आयोजना भएको दुर्गा पूजाको अवसरमा भव्य फूलपाति शोभायात्रा निकालेको छ।
शोभायात्रामा क्लबका सदस्यहरूका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। दुर्गा मन्दिरबाट सुरु भएको यात्रा पाँच माइलस्थित सरस्वती मन्दिरको परिक्रमा गर्दै सम्पन्न भएको थियो।
सहभागी श्रद्धालुहरूले दुर्गा माताको जयजयकार गर्दै भजन–कीर्तनमा रमाएका थिए। क्लबका अध्यक्षका अनुसार, प्रत्येक वर्षको दशैंमा आयोजना गरिने यो शोभायात्राले समुदायमा एकता र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement