मुख्यमन्त्रीद्वारा दुर्गा पूजाकाे शुभकामना

IMG-20240924-WA0304

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्गा पूजा अर्थात् बडादशैंको अवसरमा राज्यका जनतालाई हार्दिक शुभकामना र मंगलकामना व्यक्त गरेका छन्।
सोमबार जारी शुभकामना सन्देशमा उनले यस पर्वले प्रत्येक घर र हृदयमा शान्ति, समृद्धि र खुशी ल्याओस् भन्ने कामना गरे।
उनले भने, “दुर्गा पूजा सत्यको असत्यमाथि, उज्यालोको अन्धकारमाथि, र सद्गुणको दुर्गुणमाथि विजयको उत्सव हो।”
मुख्यमन्त्रीले दुर्गा पूजालाई देवी दुर्गाको आराधनामा समर्पित पर्व भन्दै नारीशक्ति, साहस र धर्मको अटल आत्माको प्रतीकका रूपमा व्याख्या गरे।
शुभकामना सन्देशमा उनले महिलाको सम्मान, गरिमा र अवसरलाई सुनिश्चित गर्ने समाज निर्माण गर्न सबैलाई आह्वान गरे। साथै, यो अवसरले राज्य र राष्ट्रको प्रगति र विकासमा पुनः समर्पित हुन प्रेरित गर्ने उल्लेख गरे।
मुख्यमन्त्री तामाङले दुर्गा पूजाले सबैमा नयाँ आशा, सामूहिक शक्ति र प्रचुर आनन्द ल्याउने तथा समाजमा भ्रातृत्व, एकता र समरसता अझ सबल बन्ने विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement