तीनधारेका साहित्यकार, पत्रकार र वरिष्ठ उदघोषक युवराज सुन्दासलाई सम्वर्ध्दना

IMG-20250929-WA0163

खरसाङ: तीनधारे क्षेत्रका कवि, साहित्यकार, वरिष्ठ उदघोषक, शिक्षक एंव पत्रकार युवराज सुन्दासलाई घैयाबरी ग्राम पञ्चायत दुई तीनधारे स्तरीय फूलपाती शोभायात्रा र नृत्य प्रतियोगिता आयोजक‌ समितिको तर्फबाट सम्वर्ध्दना जनाइएको छ। तीनधारेको चिल्ड्रेन पार्कमा आयोजित फूलपाती शोभायात्रा एंव नृत्य प्रतियोगिताको कार्यक्रममा नै उनलाई सम्वर्ध्दना जनाइएको छ। यस अवसरमा उनलाई सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, अनिल राई र अन्यको बाहुलीबाट खदार्पणसहित जातीय टोपी पहिराएर अनि शल ओढाएर साथै स्मृति चिन्ह र सम्वर्द्धना पत्र प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। यस अवसरमा सम्बर्ध्दना पत्रलाई नवराज राईले पठन गरेका थिए भने सञ्चालन सन्तोष लामाले गरेका थिए।‌


साहित्यकार युवराज सुन्दासले लामो समयदेखि तीनधारेलाई प्रतिनिधित्व गर्दै भारतीय नेपाली साहित्यमा चारवटा साहित्यिक कृतिहरु दिईसकेका छन्।‌ उनको‌ कृतिहरुमा ‘शब्द यात्रा’ (कविता संग्रह), ‘सरोकार’ (विविध लेखहरुको संग्रह), ‘प्रश्नोत्तरमाला'(अन्तर्वार्ता संग्रह), ‘पेण्डुलम’ (कविता संग्रह) आदि प्रकाशित छन्। त्यसरी नै उनले लामो समयदेखि उदघोषकको रुपमा विशिष्ट योगदान दिईरहेका छन्। उनले ‘ख्यातिप्राप्त म्युजिक तीनधारेको उदघोषकको रुपमा विभिन्न स्थानहरुमा विशिष्ट कलाकारहरुका कार्यक्रममा उदघोषणा गरेर तीनधारेलाई गौरवान्वित तुल्याएका छन्।‌

यसको साथै उनले शिक्षकको रूपमा पनि लामो समयदेखि समाजलाई उन्नति र उज्यालोतर्फ लाने कार्य निरन्तर गरिरहेका छन्। यसको साथै उनले विभिन्न नाटकहरु र फिल्महरुमा पनि आफ्नो अभिनयद्वारा कलाकारिता प्रस्तुत गरिसकेका छन्। यसको अतिरिक्त उनले तीनधारेको शैक्षिक, सामाजिक, साहित्यिक, सांगीतिक, खेलकूद साथै अन्य विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै युवा पुस्तालाई अघि लगेर जाने कार्यमा पनि सक्रिय छन्।‌

उनी एकजना साहित्यकार, पत्रकार, शिक्षक, उदघोषक, कलाकार रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement