राज्यसभा सांसद हर्षवर्धन श्रृङलाद्वारा स्टेशन महोत्सवको अवसरमा दार्जिलिङ हिमालयन रेलवे सङ्ग्रहालय, निर्देशक कार्यालय खरसाङको भ्रमण

IMG-20250929-WA0155

खरसाङ: ‎राज्यसभा सांसद हर्षवर्धन श्रृङलाले आज स्टेशन महोत्सवको अवसरमा दार्जिलिङ हिमालयन रेलवे सङ्ग्रहालय, निर्देशक कार्यालय खरसाङको भ्रमण गरेका छन्। ‎यस अवसरमा दार्जिलिङ हिमालयन रेलबेका निर्देशक रिसभ चौधरीले उनलाई स्वागत गर्दै सङ्ग्रहालयको अवलोकन गराएका छन्।कार्यक्रम अन्तर्गत श्रृङलाले टुङ स्टेशनमा नयाँ बोर्डको उद्घाटन गरेका छन्। ‎त्यसैगरी, विभिन्न स्टेशन महोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी बालबालिकाहरुलाई पुरस्कार पनि वितरण गरेका छन्। कार्यक्रममा बालबालिकाहरुले परम्परागत नृत्य प्रस्तुत गरेर वातावरणलाई अझै रमाइलो बनाएका थिए।


‎‎कार्यक्रमलाई सम्बोधन गर्दै राज्यसभा सांसद हर्षवर्ध्दन श्रृङलाले दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी तथा सम्पूर्ण टोलीलाई सफल कार्यक्रमको लागि धन्यवाद ज्ञापन गरेका छन्। उनले दार्जिलिङ हिमालयन रेलवेको संरक्षण, प्रवर्द्धन र पर्यटनको प्रगतिका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement