अब प्रदेश कांग्रेसले पदयात्रा गर्ने

41gLndf5gL._AC_SY1000_FMwebp_.webp

कोलकता: अब प्रदेश कांग्रेसले पश्चिम बंगालमा एकपछि अर्को भ्रष्टाचार र साम्प्रदायिक राजनीति विरूद्ध राज्यमा पदयात्रा गर्ने भएको छ। उक्त जानकारी प्रदेश कांग्रेस अध्यक्ष एवं लोकसभामा पार्टीका नेता अधीर रन्जन चौधरीले शुक्रवार दिएका छन्।

उनले भने, आगामी २५ सेप्टेम्बर आइतवार दिउॅंसो तीन बजी मोगरा हट गोरू बजार मोडदेखि चकदा हाटसम्म एउटा विशाल पदयात्राको आयोजन पार्टीद्वारा गरिएको छ। पदयात्रामा म स्वयं पनि सहभागी रहनेछु। साथै दक्षिण २४ परगना जिल्ला कांग्रेसका अध्यक्ष मनोरंजन हलदार पनि उपस्थित रहनेछन्।

उनले पदयात्रामा पार्टीका हजारौं कार्यकर्ताहरू उपस्थित रहने दाबी गरेका छन्। उनले अझ भने, यो पदयात्रा भाजपाको साम्प्रदायिक राजनीतिक, महॅंगाई, बेरोजगारीका साथै पश्चिम बंगाल सरकारको भ्रष्टाचार विरूद्ध गरिॅंदैछ।

यस अतिरिक्त, अधीर रंजन चौधरीले आगामी २८ सेप्टेम्बरको दिन राहुल गान्धीको भारत जोड़ो यात्राको समर्थनमा पदयात्रा शुरू गरिने बताए। यस अन्तर्गत कांग्रेसका नेताहरू सम्पूर्ण राज्यमा पदयात्रा गर्नेछन् र जनसम्पर्क गर्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *