खरसाङमा बैज्ञानिक डा. एकलव्य शर्मालाई अभिनन्दन

IMG-20250929-WA0147

खरसाङ: खरसाङमा आयोजित फूलपाती शोभायात्रा एंव सम्वर्ध्दना कार्यक्रममा खरसाङका सुपुत्र एंव पद्यश्री प्रापक डा. एकलव्य शर्मालाई अभिनन्दन जनाइएको छ। फूलपाती शोभायात्रा खरसाङको सुपर मार्केटस्थित सार्वजनिक भवनमा आएर सम्वर्ध्दना कार्यक्रममा परिणत भएको थियो।‌ यस कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण फूलपाती शोभायात्रा आयोजक समितिको सचिव एवं खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले राखेका थिए। यसै अवसरमा खरसाङका सुपुत्र एंव भारतको चौथो सबैभन्दा ठूलो पुरस्कार पद्यश्री प्रापक बैज्ञानिक डा. एकलव्य शर्मालाई खरसाङको तर्फबाट अभिनन्दन जनाइएको छ।

यस अवसरमा उनको अभिनन्दन पत्र सबिना गिरीले पठन गरेकी थिइन्।‌ यस अवसरमा उनलाई पूर्व सांसद शान्ता छेत्री, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ आदिको बाहुलीबाट खदार्पणसहित जातीय टोपी पहिराएर, शल ओढाएर साथै सम्वर्ध्दना पत्र र स्मृति चिन्ह प्रदान गरेर अभिनन्दन जनाइएको छ।

उक्त अभिनन्दनपछि आफ्नो सम्बोधनमा डा. एकलव्य शर्माले आफ्नै ठाउँ खरसाङमा यसरी अभिनन्दन पाउँदा धेरै खुशी लागेको बताउँदै आफुलाई धेरै स्थानहरुमा सम्मान जनाइएको भए पनि आफ्नै ठाउँमा यसरी सम्मानित हुन पाउँदा खुशी लागेको बताए। उनले यो खुशी आफुले पद्यश्री पाएको बेलाको जत्तिकै खुशी रहेको बताएका छन्। यसै कार्यक्रममा फूलपाती शोभायात्रामा‌ सहभागी खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई सम्मान पनि जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement