गान्तोक: कञ्चनजङ्घा संरक्षण समिति (केसीसी) ले डीएसटीद्वारा वित्तपोषित “विज्ञान, प्रविधि र नवप्रवर्तन हब” परियोजना अन्तर्गत योकसम र टासिडिङ ब्लकमा तीन स्थानमा जैविक खेतीका सामग्री सम्बन्धी तालिमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। यी तालिमहरूको उद्देश्य किसानहरूको दिगो कृषि कौशल वृद्धि गर्नु थियो। अमर ज्योति गैरसरकारी संस्थाका जैविक खेती विशेषज्ञ कमल कुमार शर्माले उक्त सत्रहरूको नेतृत्व गरेका थिए। जसमा १०० भन्दा बढी किसानहरूलाई भर्मिकम्पोस्ट र जीवामृतको तयारी र प्रयोगबारे मार्गदर्शन गराइयो। पहिलो तालिम सेप्टेम्बर २० मा केसीसी हलमा आयोजना गरिएको थियो। जहाँ केसीसीका बोर्ड सदस्य किन्जोङ एस. भोटियाले परियोजनाको उद्देश्यबारे जानकारी दिए। ब्लकभित्र अन्य स्थानहरूमा पनि यस्तै तालिमहरू आयोजना गरिने बताए। योक्सम-दुब्दी जीपीयूका उपाध्यक्ष कार्जाङ टी. भोटिया प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
थप सत्रहरू सेप्टेम्बर २२ मा अरिथाङ चिङथाङ जीपीयू र सेप्टेम्बर २४ मा तामानाममा आयोजना गरियो। जहाँ स्थानीय पञ्चायतहरूले सक्रिय सहभागिता जनाए। यो पहलले किसानहरूलाई जैविक खेतीका व्यावहारिक ज्ञान प्रदान गरी क्षेत्रमा दिगो कृषिलाई सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याजएको भन्दै प्रशंसा प्राप्त गरेको छ।