रे-भ्याल्ली इन्टरनेश्नल स्कूलको वार्षिकोत्सव पालन

IMG-20250928-WA0141

विद्यार्थीहरुलाई करियर चयन गर्ने अधिकार दिनुपर्छः मन्त्री ढुङ्गेल

गान्तोक: रे-भ्याल्ली इन्टरनेश्नल स्कूलको वार्षिकोत्सव विविध कार्यसितै सम्पन्न भयो। परम्परा विषयमा आधारित उत्सोवको मुख्य आकर्षण विद्यार्थीहरुको पारम्परिक पहिरन र मञ्च डेकोरेशन रहेको थियो। विद्यार्थीहरु अनि शिक्षकहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उपस्थित अभिभावक साथै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। सिक्किम सरकारका स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री डीटी ढुङ्गेल मुख्य अतिथि थिए। यसका साथै स्कूलका सेडलर पीके प्रधान अनि अध्यक्ष जयश्री प्रधान विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। आफ्नो सम्बोधनमा मुख्य अतिथि मन्त्री ढुङ्गेलले परम्परागत थिममा आयोजन गरिएको वार्षिकोत्सवले समाजमा राम्रो सन्देश जाने साथै विद्यार्थीहरुमा सचेतनाको भावना जागृत हुने उल्लेख गरे। मन्त्री ढुङ्गलले आफ्नो सम्बोधनमा भने, विद्यार्थीहरु कुन विषयमा आफ्नो करियर बनाउन चाहन्छन् त्यसको निर्णय लिने अधिकार अभिभावकहरुले आफ्ना नानीहरुलाईनै दिनुपर्छ। रे-भ्याल्ली इन्टरन्याश्नल स्कूलले विद्यार्थीहरुप्रति देखाएको गम्भीरताले उनीहरुको करियर चयनमा लाभ पुऱ्याउने विचार पनि मन्त्रीले राखे। यस अवसरमा स्कूल प्रबन्धनको पक्षबाट एकाडेमिक कोअर्डिनेटर अरुणा वाङ प्रधानले मुख्य अतिथि मन्त्री ढुङ्गेललाई पारम्परिक स्मृति चिन्ह अर्पण गरिन्। स्मरण रहोस्, स्कूलले गत धेरै वर्षदेखि प्लास्टिक मुक्त स्कूल अभियान चलाएर विद्यार्थीहरुलाई पर्यावरण संरक्षणप्रति जागरुक गर्दै आएको छ। यसका साथै विभिन्न जातीय संस्कृति, परम्परा र मातृभाषाप्रति पनि सचेतना दिँदै आएको छ। यस अवसरमा स्कूलका शिक्षकहरुले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा स्कूलका कमाण्डर इशान्वी आश्ना छेत्रीलाई नगर पुरस्कारसंगै सर्टिफिकेट अफ एक्सिलेन्स-द्वारा सम्मानित गरियो। मुख्यमन्त्री मन्त्री ढुङ्गेलको बाहुलीबाट सम्मान प्रदान गरियो। यसबीच स्कूलका एडमिनिस्ट्रेटिभ कोअर्डिनेटर क्रिस्टफर वाङले वाषिकोत्सवको महत्वबारे प्रकास पारे भने शिक्षक नम्रता थामी गुरुङले धन्यवाद ज्ञापन गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement