नाम्ची: पशुपालन एवं दुग्ध विकास विभागका अधिकारी कमलकुमारले आज नाम्ची जिल्लाको भेटेनेरी पोलीक्लिनिकको भ्रमण गर्दै केन्द्र सरकारको विभिन्न योजनाहरूको कार्यावन्यनबारे जानकारी लिए। यस अवसरमा मुख्य अतिथिकोरूपमा पशुपालन एंव पशु चिकित्सा सेवा विभागकी अध्यक्ष डोमा लेप्चा, अतिरिक्त निर्देशक, लता राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। भ्रमणको मुख्य उद्देश्य आकांक्षी जिल्लाको वास्तविक समयको कार्यसम्पादनको मूल्याङ्कन र अवरोधहरू समाधान गर्ने योजनाबारे जानकारी लिनु रहेको थियो। यस अवसरमा भ्रमण टोलीले सम्वन्धित अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै भारत पशुधन एपमा चलिरहेका विभिन्न खोप कार्यक्रमहरू र यसको डाटा अपलोड सम्बन्धी तथ्याङ्क प्रस्तुत गरेको थियो। यसका साथै कृत्रिम गर्भाधारण, गाईवस्तु बीमा कार्यक्रम, पशुधन गणना र एकीकृत नमूना सर्वेक्षणको कार्यान्वयनसम्बन्धी विवरणहरूमाथि पनि छलफल गरेको थियो। भ्रमण गर्ने अधिकारीहरूलाई जिल्ला पशु चिकित्सा पोलिक्लिनिकको संक्षिप्तरूपमा जानकारी गराइयो। उनीहरूको दैनिक गतिविधिहरू र यहाँ उपलब्ध सुविधाबारे पनि अवगत गराइयो।