कार्थोकमा पारम्परिक आर्चेरी प्रतियोगिता

IMG-20250928-WA0139

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा आयोजित पारम्पारिक आर्चेरी प्रतियोगिताको पहिलो सेमीफाइनल खेल आज पाकिममा सम्पन्न भयो।कार्थोक आर्चेरी रेञ्जमा सम्पन्न भइरहेको यस प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक एवं महिला, बाल, वरिष्ठ नागरिक अनि दिब्याङजन कल्याण समितिकी सल्लाहकार पामिन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। उनको साथमा डीएफओ सोनाम पिन्छो भोटिया लगायत अन्यहरू पनि सामेल रहेका थिए। राज्य सरकारको खेलकूद एवम युवा मामिला विभागको संयोजनमा आयोजित यस कार्यक्रमले राज्यका विभिन्न स्थानहरूमा धेरै खेलकूुद गतिविधिहरू र प्रतियोगिताहरू आयोजना गर्दै राज्य स्थापना दिवस पालन गर्दै आइरहेको छ। आजको पहिलो सेमिफाइनल खेल रेिगु छुजाचेन बनाम काबि तिङदाबीच सम्पन्न भएको थियो। जसमा रेिगु छुजाचेन फाइनलमा प्रवेश गर्न सफल बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement