अन्तर्राष्ट्रिय साहित्य महोत्सव २०२५ उन्मेषमा सोनादाका कवि नरेश कटुवाल सहभागी

IMG-20250928-WA0129

सोनादा: अन्तर्राष्ट्रिय साहित्य महोत्सव २०२५ उन्मेषमा सोनादाका कवि नरेश कटुवालले सहभागिता जनाएका छन्। भारत सरकारको संस्कृति मन्त्रालय अन्तर्गत साहित्य अककदेमी नयाँ दिल्ली अनि बिहार सरकारको संयुक्त आयोजनामा आयोजित उक्त समारोह बिहारको राजधानी पटनास्थित सम्राट अशोक कन्भेन्सन सेन्टरमा आयोजना गरिएको थियो। समारोहमा विश्वका १६ वटा भाषाहरू लगायत भारतका १०० भाषाहरूका ६०० भन्दा अधिक साहित्यकारहरूको समागम रहेको थियो। गत २५ सेप्टेम्बरदेखि आईतबार २८ सेप्टेम्बरसम्म आयोजना गरिएको समारोहमा चारै दिन विभिन्न सत्रहरू भव्य रूपमा सम्पन्न भयो। उक्त समारोहमा सोनादाका कवि नरेश कटुवालले’मौलिक स्वर बहुभाषी कवि सम्मेलन’ अन्तर्गत कविता नेपाली तथा हिन्दीमा वाचन गरेका थिए। यस समारोहको अन्य सत्रहरूमा नेपाली भाषी कविको रूपमा नरेश कटुवाल, दक्षिणा गजुरेल, असम तथा कवि शरन मुस्कान थिए भने कथा वाचनमा असमबाट चिन्तामणि शर्माले नेपाली साहित्यकारका रूपमा आफ्नो प्रस्तुति दिएका थिए। अर्को अन्य साहित्यिक सत्र अन्तर्गत बहुभाषी काव्य सम्मेलनलाई भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार तथा नेपाली भाषा परामर्श समितिका संयोजक शंकरदेव ढकालले अध्यक्षता गरेका थिए। कार्यक्रममा बिहारका राज्यपाल डा आरिफ मोहम्मद खान तथा साहित्य अकादेमीका अध्यक्ष माघव कौशिकद्वारा उद्घाटन गरिएको समारोहलाई समापनमा उप राष्ट्रपति सीपी राधाकृष्णनले सम्बोधन गरेका थिए। यस कार्यक्रममा कवि नरेश कटुवालले एक भारतीय नेपाली कविका रूपमा सहभागी भई नेपाली तथा हिन्दी कविता प्रस्तुत गरेका थिए।


उनले यो एक अन्तर्राष्ट्रिय साहित्य महोत्सव रहेकोले यस अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु सौभाग्यको विषय सम्झेको बताएका छन्।

About Author

Advertisement