महानदीको ६३ लाईन, घुम्ती अनि अन्य क्षेत्रबाट ३५ परिवारहरुद्वारा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन

IMG-20250928-WA0126

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको ६३ लाईन,घुम्ती अनि अन्य क्षेत्रबाट ३५ परिवारहरु ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाएका छन्। आईतबार ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको दार्जिलिङस्थित केन्द्रीय कार्यालय पी कोठीमा समर्थन कार्यक्रम आयोजना गरिएको छ। उक्त समर्थन कार्यक्रममा खरसाङ महकुमाको महानदी तीनधारे समष्टिबाट पार्टीमा सामेल भएका छन्।‌ ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमाका प्रवक्ता आरके शर्मा, अभिनन्दन रावत, चिम्नी देउराली ग्राम पञ्चायत प्रधान बिमल तामाङ लगायत महानदी क्षेत्रको संयोजक मणि लिम्बुको प्रतिनिधित्वमा उक्त क्षेत्रका बासिन्दाहरुले समर्थन जनाएको जानकारी प्राप्त भएको छ। चाढको नजिकमा पनि भ्याई नभ्याई समर्थकहरु स्वयं अहिले नै समर्थन जनाउँछौं भन्ने उनीहरुको आतुरतालाई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रमुख संयोजक अजय एडवर्ड्सद्वारा परिवारमा स्वागत जनाएका छन्।उक्त कार्यक्रममा स्वयं अजय एडवर्ड्स साथै कार्यकारी सदस्यहरु एनबी खवास, गोपाल परियार, भरत तामाङ, नोरा सुब्बा, राजू सुब्बा उपस्थित रहेका थिएँ। पार्टी प्रमुख संयोजक अजय एडवर्ड्सको बहुलीबाट आजको समर्थकहरुलाई खदा माला गरी झण्डा वितरण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement