सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः आरकेएसपी सजिलै सेमिफाइनलमा

photocollage_2022923212542263.jpg

२३ सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा शुक्रवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनलमा जीतको साथ आरकेएसपी-ले सेमिफाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा आज आरकेएसपी-ले न्यू लाइट एकाडमीलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सोहन प्रधान एक्लैले ४ गोल गरे। यसबाहेक लसिब तामाङ र निपदेन तामाङले १-१ गोल गरे। यसरी नै न्यू लाइट एकाडमीबाट सक्षम थापाले एकमात्र गोल गरे। सक्षम थापालाई प्लेयर अव् द म्याच चयन गरियो। आजको विजेता आरकेएसपी-ले अब २७ सेप्टेम्बरको दिन खेलिने सेमिफाइनलमा घूम बोइज स्कूलको चुनौती स्वीकार्नेछ। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement