बाघडुग्रा: राज्यका श्रममंत्री मलय घटकले बाघडुग्राको तिरहाना चियाकमानका श्रमिकहरूसित एउटा सभा गरे।पछौटे वर्ग कल्याण एवम् आदिवासी विभागका राज्य मन्त्री बुलू चिक बराइक, जनस्वास्थ्य एवम् तक्निकी मन्त्री पुलक राय, जिल्लाशासक एस पन्नमबलम, सुरेन्द्र गुप्त लगायत अन्य यस सभामा उपस्थित थिए। यस सभालाई कसम्बोधन गर्दै श्रम मन्त्री मलय घटकले भने, आजदेखि चियाकमानका श्रमिकहरूलाई परिचय पत्र र वेतनको हिसाब पत्र दिइनेछ। तिरहानाका श्रमिकहरूलाई ध्यानमा राख्दै स्वास्थ्य उपचार केन्द्र बनाउने व्यवस्था गरिएको छ। स्वास्थ्य केन्द्रमा सबै सुविधाहरू लगायत रोगीलाई उपचारको लागि बाहिर लैजान परेको खण्डमा एम्बुलेन्स पनि उपलब्ध रहनेछ। सबै चिया श्रमिकहरूको घर-घरमै पिउने पानीको व्यवस्था गरिदिने तिनले आश्वासन दिँदै दुर्गोत्सवपछि नै यी सबै कार्यहरू शुरू गरिने तिनले बताए।









