मङपु गोल्डकप लात्तेभकुण्डो प्रति‌योगिता २०२२को तालिका गरियो सार्वजनिक

21-11-19-fot-1-1024x473.jpg

मङ्पू: यो वर्ष पनि मङपू गोल्डकप फुटबल टुर्नामेन्ट आगामी १० अक्टोबर २०२२को दिनदेखि मङ्पु जनमैदानमा शुरु हुने भएको छ। यस फुटबल प्रतियोगिताको आयोजक मङ्पू युथ क्लबले आज मङ्पू गोल्ड कप फुटबल टुर्नामेन्टको तालिका (फिक्चर) सार्वजनिक गरेको छ। यसपल्टको प्रतियोगितामा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय टोलीहरू गरेर मोठ १४ वटा टिमले मड्पू गोल्डकपमा अंशग्रहण गर्ने भएको जानकारी संस्थाका सभापति मञ्जय गुरुङले बताएका छन्। यसपल्टको प्रतियोगितामा उद्घाटन म्याच १० अक्टोबरको दिन नाईट चेस क्लब नेपाल बनाम हिमालय स्पोर्टिङ क्लब सिक्किममाझ भिडन्त हुनेछ ।फुटबल प्रतियोगितामा यसपल्ट केबीपीएस ढाका बङ्लादेश, चर्च बोइज काठमाडौ नेपाल, नाईट चेस क्लब नेपाल, ५८ जीटीसी सिलोङ, एसएसएफसी नागोण असम, ईस्टर्न रेल्वे कोलकत्ता लगायत दार्जिलिङ, कालेबुङ अनि सिलगढीको नामी दामी फुटबल टीमले अंशग्रहण गरेको छ। मङ्पू जनमैदानमा आगामी ३० अक्टोबरको दिन सम्पन्न हुने फाइनल खेलमा विजय टोलीलाई २ लाख सहित आकर्षक ट्रफी अनि पराजय दललाई १ लाखसहित आकर्षक ट्रफी प्रदान गरिने आज प्रेमभेला गरेर मङपु युथ कल्बका सचिव बिभोर तामाङले जानकारी दिएका छन्। उक्त फुटबल टुर्नामेन्टमा मपू युथ क्लबले सबै फुटबल प्रेमीहरूलाई स्वागत जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement