गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा सम्पन्न

IMG-20220923-WA0170.jpg

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्चलको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ ब्राञ्च कमिटीको सचिव युद्ध छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई प्रचार प्रसार सचिव भुपेन गुरुङले संचालन गरेका थिए। सभामा पार्टीका सम्पूर्ण भातृ संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। वर्तमान पहाडको राजनैतिक परिवेशलाई मध्यनजर गर्दै सभामा गहिरो चिन्तन मनन गर्दै सभामा विभिन्न विषयहरूमा छलफल गरिएका छन्। विगत केही दिन अघि गोरामुमो केन्द्रीय समितिको बैठकमा गोरामुमो वरिष्ठ नेता महेन्द्र छेत्रीलाई पार्टीको महासचिव पदमा नियुक्त गरिएकोमा यस निर्णयलाई गोरामुमो खरसाङ ब्राञ्च कमिटीले स्वागत जनाउँदै महेन्द्र छेत्रीले पार्टीको साङ्ठानिक गतिविधि लगायत राजनैतिक गतिविधिहरुमा तीब्रताका साथ कार्य गर्ने साथै पार्टीलाई बलियो बनाउन उनले अहम भूमिका खेल्नेछ भनी विश्वास गरेको सभामा भुपेन गुरुङले जनाएका छन्। उनले आउने दिनहरुमा चाडैं नै गोर्खाहरुको उज्ज्वल भविष्यको निम्ति सुनवाइ हुनेछ र यसको निम्ति अध्यक्ष मन घिसिङ लागि परेको र अध्यक्ष मन घिसिङले आफ्नो कार्य गरिरहेको सभामा जनाए। यसको लागि हामी पनि अब तयार रहनु पर्ने साङ्ठानिक गतिविधि र पार्टीलाई बलियो बनाउनु पर्नेमा उनले जोर दिए।

दसैं अनि तिहारपछि अध्यक्ष मन घिसिङको निर्देशन अनुसार गोरायुमोले राजनैतिक गतिविधि अनि कार्यक्रमहरुको आयोजना गरिने भएको छ यसकारण अब युवाहरुलाई जागरुक गराउनको निम्ति भातृ संगठन, ब्राञ्च कमिटीहरुको अहम भूमिका रहने भएकोले सबै एउटै मञ्चमा कार्य गर्नु पर्ने खरसाङ ब्राञ्च कमिटीका गोरायुमो अध्यक्ष रुपेश छेत्रीले सभामा जानकारी गराएका छन्। गोरामुमो मात्र जाति र माटोको हितको निम्ति कार्य गरिरहेको र संस्थापक अध्यक्ष सुवास घिसिङको राजनैतिक दुरदर्शितालाई शिरोपर गरी अघि बढ्दै जाति र माटोलाई उन्मुक्ति दिलाउन तपाईं हामी अघि आउनु पर्छ अध्यक्ष मन घिसिङको हात बलियो बनाउन पर्छ। हाम्रै भावी पिढीले अब गोर्खाहरुको इतिहास सुनौलो अक्षरमा लेख्नुपर्छ र समय पनि यहीँ नै हो, अहिले फत्ते नगरे भविष्य अन्धकार छ। यसकारण हामी झोडा नालाको लोभलालचमा नपरी जाति र माटोको उन्मुक्तिको कार्य गरौं भनी सम्पूर्ण राजनैतिक दलहरुलाई पनि रुपेश छेत्रीले अपिल गरेका छन्। पहाडमा अहिले पञ्चायत चुनावको हल्ला चलिरहेका छन् यसलाई हामी स्वागत जनाउदँछौ। चुनाव सम्बन्धित केन्द्रित समितिको बैठकपछि गोरामुमोले आफ्नो रणनीतिको खुलासा गर्नेछ भनेर गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनका अध्यक्ष अशोक गोलेले जानकारी दिएका छन्। भूतपुर्व सैनिक संगठनले आफ्नो साङ्ठानिक गतिविधिलाई तीब्र पारिसकेको र जाति र माटोको उन्मुक्तिको निम्ति अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति हामी आफ्नो कार्य युद्ध स्तरमा गरिरहेका छौं भनी सभालाई जानकारी गराए। सभामा बर्तमान समय चिया श्रमिकहरुको पुजा बोनस विषय लिएर सभामा चर्चा परिचर्चा गर्दै एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटीका सचिव अदिप राईले आफ्नो मांग राख्दै भने, चिया श्रमिकहरुलाई मालिक पक्षले अत्याचार गरेको र बोनस एकै किस्तामा दिनु पर्ने र दुई किस्तामा दिने प्रथा बंगाल सरकारले हटाउनु पर्ने उनले जोर दिए।

About Author

Advertisement