पाकिम: पाकिममा आयोजित फुटबल लिगको फाइनल खेल आज सेन्ट जेभियर्स विद्यालयको खेल मैदानमा सम्पन्न भयो। पाकिम जिल्ला फुटबल एसोसिएशनको पहलमा आयोजित यस प्रतियोगिताको फाइनल खेल पाकिम स्पोर्टिङ क्लब र रिनाक रंगेली स्पोर्टस एसोसिएशनबीच भएको थियो। उक्त कार्यक्रममा महिला, बाल, वरिष्ठ नागरिक अनि दिब्याङजन कल्याण विभागकी सल्लाहकार एवम नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चा मुख्य अतिथिकारूपमा उपस्थित रहेकी थिइन्। साथमा पञ्चायत अध्यक्ष, ओएसडी लगायत अन्यहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्ला फुटबल एसोसिएशनका पदाधिकारीहरु पनि उपस्थित थिए। प्रतियोगितामा पाकिम स्पोर्टिङ क्लबले रिनाक रंगेली स्पोर्टिङ एसोसिएशनलाई शून्यको विरूद्ध दुई गोल गरेर ट्रफी हत्यायो।