विश्व पर्यटन दिवस २०२५ पालन

IMG-20250927-WA0141

गान्तोक: पर्यटन तथा नागरिक उड्डयन विभाग, सिक्किम सरकारले आज विश्व पर्यटन दिवस राज्यस्तरीय समारोहका साथ पालन गऱ्यो। यस वर्षको विश्व पर्यावरण दिवसको मूल विषयवस्तु ‘पर्यटन र दिगो रूपान्तरण’ रहेको थियो। कार्यक्रम राजधानीस्थित पर्यटन तथा नागरिक उड्डयन विभागको सभाहलमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन विभागका सल्लाहकार एवं विधायक सुदेश कुमार सुब्बा थिए भने विशेष अतिथिमा सिक्किम पर्यटन विकास प्रकोष्ठका अध्यक्ष लोकेन्द्र रासाइली र पर्यटन विभागका ओएसडी मिङ्मा एल लेप्चा उपस्थित थिए।
वक्तव्यका क्रममा विधायक सुब्बाले मुख्यमन्त्री प्रेम सिंह तमाङको नेतृत्वमा राज्यको पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति भएको दावी गरे। उनले पर्यटन मन्त्री टीटी भुटियाको सक्रिय पहलमा डोकलाम र छोला भारतीय पर्यटकका लागि खोलिएको जसले राज्यको पर्यटन व्यवसायलाई थप बल मिलाएको बताए।
यसरी नै लोकेन्द्र रसाइलीले आफ्नो सम्बोधनमा ५० वर्षमा सिक्किमको पर्यटनले गरेको प्रगति, प्राकृतिक प्रकोप, कोभिड–१९ महामारी र टिस्टा बाढीपछिका चुनौतीहरूको चर्चा गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोर दिए।
यस अवसरमा राज्यभरिका १९७ व्यक्तिहरू र संस्थाहरूलाई पर्यटन क्षेत्रमा उल्लेखनीय योगदानको लागि सम्मानित गरियो। पुरस्कृतहरूमा होटेल–रिसोर्ट, ग्रामीण पर्यटन, गाइड, विद्यार्थी, अनुसन्धानकर्ता, ट्राभल एजेन्सी, चालक, सामाजिक सञ्जाल प्रचारकदेखि लिएर सुरक्षाकर्मी र उद्धार कार्यमा संलग्न संस्थाहरू रहेको छ।


कार्यक्रममा संस्कृति प्रस्तुतिहरू, सिक्किम इन्सपायर्स प्रोजेक्ट अन्तर्गत नयाँ पर्यटक नक्सा सार्वजनिक साथै अन्य कार्यक्रम पनि समावेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement