गुरुकुल स्कुलमा विद्यार्थीहरूको लागि शौचालयको निर्माण

21-05-20-def21841-c794-47b7-94c8-80b45c005c27-1024x461.jpg

सिलगढी: बाग्राकोटस्थित गुरुकुल स्कुलमा छात्राहरूको आवश्यकतालाई ध्यानमा राखेर लायन्स क्लब अफ सिलगढी प्रेरणाको पहलमा शौचालयको निर्माण गरेको छ। एउटा कार्यक्रमको माध्यमद्वारा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ एफका डिस्ट्रिक्ट गभर्नर सीए हेमन्त अग्रवालले उक्त नवनिर्मित शौचालयको औपचारिक रूपमा उद्घाटन गरे। यस अवसरमा वीडीजी प्रथम सुरेश सिंघल, पीडीजी पीसी मस्करा, क्याबिनेट सचिव दीपक गोयल, बिमल अग्रवाल, तरुण शर्मा, स्कुल प्रिन्सिपल अरुणाङ्गशु शर्मा, रुचि सराफ लगायत वार्ड पार्षद सञ्जय शर्मा उपस्थित थिए। यसको साथै लायन्स नेत्रालयको सहयोगमा नेत्र जाँच शिविर, मधुमेह जाँच शिविर लगायत वृक्षारोपण पनि गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *