शब्द समयको १४६औँ प्रकरण सम्पन्न

IMG-20250927-WA0127

सालबारी: सालबारीमा मासिक रुपमा आयोजना गरिने साहित्यिक कार्यक्रम शब्द समयको १४६औँ प्रकरण सम्पन्न भएको छ। सालबारीको सबिता गोमदेन साहित्य कक्षमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ कवि मोहन ठकुरीको वक्तव्यद्वारा शुभारम्भ भयो। शब्द समयमा रचनासहित पहिलोपल्ट उपस्थित हुने रोमा छेत्रीलाई टंक शर्माको बाहुलीबाट खदार्पण गराई परम्पराअनुसार आजीवन सदय बनाइयो।
रचना पाठको क्रममा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडा, डा. हेमन्त काफ्ले, महेशकुमार सुब्बा, भाष्कर मैनाली शर्मा, रोमा छेत्री, पूर्ण मंगर र निर्मल सिञ्चुरीले कविता पाठ गरेर सुनाए। यसै क्रममा लीलबहादुर सोनारले मुक्तक र समीर शर्माले गजल पाठ गरेर सुनाए। फेरि बिर्ख खड्क डुवर्सेली, मणिकुमार प्रधान, मोनिका प्रधान, सुभाष छेत्री र जीत सुनारले लघुकथा पाठ गरेर सुनाए भने नरबहादुर छेत्रीले आफ्ना मनका कुराहरू उद्गारको रूपमा प्रस्तुत गरे। त्यसपछि टंक शर्मा र डीएस बमजनले आ-आफ्नो सारगर्भित वक्तव्य राखे। अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले समापन वक्तव्य राखेपछि संचालक जीत सुनारले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement