मानव उत्थान सेवा समिति, खरसाङद्वारा स्वच्छता अभियान

IMG-20250927-WA0123

खरसाङ: मानव धर्मका प्रणेता एवम् विख्यात समाजसेवी सदगुरुदेव श्री सतपालजी महाराजको आज्ञा अनि दिशा निर्देशनमा मानव उत्थान सेवा समितिले २७ अनि २८ सेप्टेम्बरमा देशभरि नै व्यापक रूपमा स्वच्छता अभियान गरिरहेको छ। यसै क्रममा मानव उत्थान सेवा समिति, खरसाङ तहसिलको तत्वावधानमा २७ सेप्टेम्बर शनिबारको दिन खरसाङ तहसिल प्रभारी महात्मा असीमा बाईजीको अगुवाईमा मानव उत्थान सेवा समिति अनि मानव सेवा दलका सदस्यहरूले खरसाङ बजारका विभिन्न ठाउँहरूमा व्यापक सफाई कार्य गरेका छन्। ‘स्वच्छता नै सेवा’ लाई चरितार्थ पार्दै सदस्यहरूले खरसाङको रेलवे स्टेशनदेखि धोबी खोलासम्म हिल कार्ट रोडका विभिन्न जग्गाहरूमा व्यापक सफाई कार्य गरेका छन्।समितिको यस स्वच्छता अभियानमा खरसाङ नगरपालिका, सेनिटेसन विभागका प्रभारी रमेश सुब्बा प्रमुख रुपमा उपस्थित थिए भने मानव सेवा दल, दार्जिलिङ मण्डल संयोजिका रञ्जना प्रधान, जिल्ला संयोजिका सीमा छेत्री, तहसिल सचिव अनुराधा सेवा, युवा संयोजिका निर्पणा गुरुङ तथा मानव सेवा दल, युवा प्रकोष्ट, बाल सभा अनि समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा खरसाङ नगरपालिकाको कर्मचारीहरु पनि उपस्थित रहेका थिए। यस सर सफाई अभियान अन्तर्गत नालीहरु सफाई साथै मैलाहरु संकलन गरिएको र संकलन गरिएको मैलाहरु खरसाङ नगरपालिकाको गाडी आएर उठाउने भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement