खरसाङ: शनिवार विश्व पर्यटन दिवसको अवसरमा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनद्वारा खरसाङको पर्यटकीय स्थल हनुमान डाँडामा सर सफाई अभियान चलाइएको छ।

यस अवसरमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको कार्यकारी अधिकारी कैलाश प्रसाद र कर्मचारीहरु, खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनका सभापति किशोर सिंह लगायत अन्य पदाधिकारीहरु र सदस्यहरु उपस्थित भएर सर सफाई गरिएको छ। उक्त सर सफाई अभियान अन्तर्गत हनुमानको मूर्ति भएको स्थान र वरिपरि स्थानहरुमा सर सफाई अभियान चलाइएको छ। विशेष गरेर पर्यटकहरु आउने यस स्थानमा सफाई अभियान चलाएर विभिन्न प्लास्टिकजन्य वस्तुहरु संकलन गरिनुको साथै व्यापक सर सफाई गरिएको छ।

यस सफाई अभियानको क्रममा पर्यटकीय स्थल हनुमान डाँडा र वरिपरिका क्षेत्रहरुबाट एक पिक अप भ्यान मैलाहरु संकलन गरिएको छ। यस क्रममा गुटखाको खोल, सिक्रेटको खोल, बियरको बोत्तल, विभिन्न प्याकेटका चीजहरुका खोलहरु लगायत अन्य धेरै मैलाहरु संकलन गरिएको छ। यस सर सफाई गर्नुको मुख्य उद्देश्य पर्यटीय स्थलहरुको सर सफाई साथै दिगो पर्यटनको सम्बर्ध्दन गर्नु रहेको बताइएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको तर्फबाट सभापति किशोर सिंह र कोषाध्यक्ष अमीत थापाले विस्तृत रुपमा जानकारी गराएका छन्। तीनैजनाले खरसाङ क्षेत्रका पर्यटकीय स्थलहरू सर सफाई अभियान चलाउनु महत्वपूर्ण रहेको र पर्यटकीय स्थलहरूमा पर्यटकहरुले मैला जताभावी नफ्याँकेर खरसाङ नगरपालिकाले राखेको डस्टबीनहरुमा फ्याँक्न पनि अनुरोध गरिएको छ। यसको साथै खरसाङ क्षेत्रका होम स्टेका मालिकहरुको आफ्नोमा आउने पर्यटकहरु पर्यटकीय स्थलहरू घुम्न जाँदा मैलाहरु जताभावी नफ्याँक्न सुझाव दिनु पर्ने पनि अनुरोध गरिएको छ।