खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिकाे सन्त मेरिजदेखि खहरेसम्म सोलर लाइट जडान गर्ने कार्य शुरु गरिएको छ। उक्त सोलर लाइट जडान गर्ने कार्य क्षेत्रीय सभासद नुरी शेर्पा, सभासद श्याम शेर्पा, सभासद प्रणाम रसाइली, सांगठनिक सचिव बिपेन भुजेल, खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष बीरेन तामाङ, पञ्चायत सदस्यहरु शारदा सिंह र रश्मी दियाली र विभागीय प्रतिनिधिहरुको उपस्थितिमा उक्त सोलर लाइट जडान गर्ने कार्य सम्पन्न गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष बीरेन तामाङले सन्त मेरिज, खहरे र गोथल्स साईडिङ्गमा सोलर लाइट जडान गरिएको जानकारी गराएका छन्। उनले पहिलो चरणमा चारवटा सोलर लाइट जडान गरिएको र भविष्यमा फेरि पनि जडान गरिने भएको जानकारी गराएका छन्।

उनले यसको लागि क्षेत्रीय सभासद, विभागीय अधिकारीहरु, जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।










