खरसाङ: खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको अफिसियल ब्यानर लोकार्पण गरिएको छ। उक्त ब्यानरको लोकार्पण सिलगढीमा आयोजित कञ्चनजङ्घा टुरिज्म फेस्टिभलमा गरिएको छ। उक्त कञ्चनजङ्घा टुरिज्म फेस्टिभल एसोसिएसन फर कन्जरभेशनको आयोजनामा सम्पन्न भईरहेको छ।

यस फेस्टिभलमा टुरिज्म गाँधी नामले परिचित राज बसु, पद्मश्री एंव भारतीय फुटबलका पूर्व कप्तान भाइजुङ भोटिया, खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभापति किशोर सिंह र सचिव राजु गुरुङ लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरुले सहभागिता जनाएका थिए। उक्त व्यक्तिहरुका बाहुलीबाट खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको ब्यानर लोकार्पण गरिएको छ।

यसै अवसरमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव खरसाङ सांस्कृतिक संस्थानकी अध्यक्षा आशा मुखिया लामाको पुस्तक पनि लोकार्पण गरिएको जानकारी किरण मुखियाले जानकारी गराएका छन्।