बमको आतङ्कले पानीट्याकी नजिक केहीक्षण आतंकको माहो

IMG_20220923_210003.png

सिलगढी: एउटा बैग फ्याँकिएको अवस्थामा देखिएपछि अफवाह फैलिएपछि आतंक फैलिएको थियो।यो घटना सिलगढीको पानीट्याङ्की आउटपोस्टको नजिकमा भएको हो। आज अपरान्ह स्थानीय फुटपाथ व्यवसायीहरूले सेभोक रोड छेउमा एउटा कालो रङ्गको ब्याग लावारिस अवस्थामा धेरै समयसम्म देखेपछि यसलाई लिएर सन्देह उत्पन्न भयो। यसपछि तिनीहरूले यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस तथा बम स्क्वार्ड टोली घटनास्थलमा पुगेर व्यवसायीहरूलाई त्यहाँबाट हटाएपछि छानबीन शुरू गरे। बम स्क्वार्ड टोलीले स्निफर डगको सहयोगमा उक्त लावारिस ब्यागको छानबीन गर्दा ब्यागबाट केही लुगाफाटा अनि किताबहरू फेला पारे। ब्यागमा भेट्टाइएको खातामा मौसुमी भट्टाचार्यको नाम लेखिएको थियो। सम्भवतः कसैले उक्त ब्याग बिर्सेर गएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *