तीनधारे चियाबारीमा एकै किस्तामा बीस प्रतिशत बोनस वितरण

IMG-20220923-WA0163.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा श्रमिकहरूलाई आज एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिएको छ। बालाजी एग्रो कम्पनी लिमिटेड अधीनस्थ रहेको तीनधारे चियाबारीको श्रमिकहरूलाई आज बीस प्रतिशतको दरले एकैपल्टमा बोनस वितरण गरिएको छ। कम्पनीले बीस प्रतिशतको दरले बोनस वितरण गरिएकोमा तीनधारे चियाबारीको श्रमिकहरूले हर्ष व्यक्त गरेका छन्। तीनधारे चियाबारीमा अहिले २५७ जना स्थायी र अस्थायीहरू लगाएर जम्मा लगभग २७० देखि २८० जना जति श्रमिकहरू रहेको जानकारी प्राप्त भएको छ। बीस प्रतिशतको दरले बोनस वितरण गरिएको विषयमा श्रमिकहरूसित प्रश्न गर्दा आज मालिकले अचानक हामीलाई बोनस वितरण गर्नु भनेकोले हामीलाई बीस प्रतिशतको दरले एकै किस्तामा बोनस वितरण गरिएको छ भनी बताएका छन्। यसरी तीनधारे चियाबारीमा एकै किस्तामा बीस प्रतिशतले बोनस वितरण गरिएकोमा श्रमिकहरूले खुशी व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *