गान्तोक: सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागअन्तर्गत सिक्किम हिमनदी जोखिम आयोगले आज नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय विज्ञान प्रतिष्ठान (आईएनएसए) मा हिमनदी जोखिम सम्बन्धी राष्ट्रिय परामर्श आयोजना गर्यो।
परामर्शको प्राथमिक उद्देश्य जीएलओएफ आपदा जोखिम न्यूनीकरणका सरोकारवालाहरूको परिदृश्यको मानचित्रण गर्नु र विभिन्न केन्द्रिय संस्थान र मन्त्रालयहरूले सिक्किम सरकारलाई कसरी योगदान र सहयोग गर्न सक्छन् भन्ने कुराको विश्लेषण गर्नु थियो।
राज्य विज्ञान तथा प्रविधि विभाग अनुसार, परामर्शमा 16 प्रमुख राष्ट्रिय संस्थान र केन्द्रिय एकाईहरूका प्रतिनिधिहरू सामेल थिए। परामर्शको अध्यक्षता डा. अखिलेश गुप्ताले गरेका थिए। कार्यक्रममा प्रो. महेन्द्र पी. लामा, प्रधान सचिव डा. सन्दिप ताम्बे, सचिव धिरेन्द्र जी. श्रेष्ठ र अन्य अधिकारीहरू सहभागी बनेका थिए।
आयोग र सहभागी एजेन्सीहरूले समन्वयलाई सुदृढ पार्न र सिक्किम सरकारलाई सहयोग गर्नका लागि संस्थागत भूमिका र जिम्मेवारीहरू बुझ्न सामूहिक रूपमा काम गरे। यस परामर्शको परिणामस्वरूप विचार, अनुभव र साझेदारीको फलदायी आदानप्रदान गरे। सहभागीहरूले सिक्किम सरकारको यो पहलको प्रशंसा गरे र जीएलओएफ आपदा जोखिम न्यूनीकरणमा अग्रणीको रूपमा राज्यको उदीयमान भूमिकालाई स्वीकार गरेको बताइएको छ।