गान्तोक: मेजर जनरल पीएस चाचल, एसएम अतिरिक्त महा निर्देशक एनसीसी (सिक्किम) अनि पश्चिम बंगालका अधिकारीहरूले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। यस अवसरमा मेजर जनरलले राज्यपाललाई सिक्किममा नयाँ एनसीसी समूह मुख्यालय स्थापना भइरहेको जानकारी गराए। सिक्किम र पश्चिम बंगालको एनसीसी मुख्यालय पहिला संयुक्त रूपमा सञ्चालन हुने गर्थ्यो, तर अब सिक्किमले स्वतन्त्र समूह मुख्यालय पाउने जसले राज्यमा एनसीसीको गतिविधिलाई मजबुत बनाउने जानकारी गराए। भेटको क्रममा राज्यमा नयाँ बटालियन गठनकोबारेमा पनि छलफल गरियो। जसले राज्यका युवाहरूलाई एनसीसी मार्फत राष्ट्रको सेवा गर्न प्रेरित गर्नेछ। राज्यपालले सिक्किमका एनसीसी क्याडेटहरूलाई राष्ट्रीयस्तरमा उत्कृष्ट भएर राज्यलाई गौरवान्वित बनाएकोमा बधाई दिए। एनसीसीले युवाहरूमा अनुशासन, नेतृत्व र देशभक्तिको भावनालाई बलियो बनाउने बताए। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण देशमा एनसीसी क्याडेटहरूको संख्या २५ लाख पुर्यालउने हो भन्दै धेरै युवाहरू यसमा सामेल हुन सकोस् र राष्ट्र निर्माणमा योगदान दिन सकून् भन्ने उद्देश्य रहेको बताए। यस क्रममा, राज्यपालले सिक्किमका स्कूल र कलेजहरूमा एनसीसी क्याडेटहरूको संख्या बढाउन आग्रह गरे।