गान्तोक: सिक्किम बीर गोर्खा एक्स सर्भिसम्यान वेलफेयर एसोसिएशनका अध्यक्ष पीबी छेत्रीलगायत टोलीले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा पाङथाङस्थित एसएपी क्याम्पमा संघद्वारा राज्यका युवाहरूलाई अग्निवीर भर्नाको निम्ति प्रदान गरिरहेको प्रशिक्षणबारे अवगत गराए। यस प्रकारको पहलले युवाहरूलाई प्रेरित गर्न, अनुशासित, स्वस्थ र समर्पित जीवन शैलीतर्फ लैजान सक्ने महत्वपूर्ण भूमिका निर्भाह गरेको बताए। यस प्रकारको प्रशिक्षण कार्यक्रमले युवाहरूको व्यक्तिगत विकासलाई मात्र सहयोन नपुऱ्याएर राष्ट्र निर्माणमा योगदानमा यसले अहंम भूमिका निर्वाह गर्न सक्ने बताइएको छ। राज्यपालले केन्द्र सरकारद्वारा वेरोजगार युवाहरूलाई रोजगार दिलाउने उद्देश्यले शुरू गरेको अग्निवीर योजनाबारेमा युवाहरूको प्रतिक्रियाबारे जानकारी लिए। केन्द्र सरकारको यस प्रयालले व्यक्तिलाई मात्र लाभ नपुऱ्याएर आगामी २०४७ सम्म विकसित भारतको दृष्टिकोणमा पनि योगदान पुर्यााउन प्रेरित गर्ने बताए। राज्यपालले विभिन्न प्रकारको पहलहरूको प्रशंसा गर्दै राजभवनले पूर्व सैनिकहरूको कल्याण हेतु सदैव सहयोग पुऱ्याउने आश्वासन दिए। यस अवसरमा, संस्थाले राज्यपाललाई वार्षिक प्रतिवेदन र वार्षिक पत्रिका अग्निवीर पनि प्रदान गरे।