अमर लामाको बयानको भाजपा युवा मोर्चाद्वारा घोर भर्त्सना

IMG-20220923-WA0156.jpg

खरसाङ: भागोप्रमो महासचिव एंव जीटीए चिफ्का सल्लाहकार अमर लामाले एक अन्तरवार्ताको समय चियाबारी जीटीएमा पर्दैन बोनस मालिकवर्गले दिन्छ भनी दिएको बयानको चौतर्फी विरोध भईरहेको छ। अमर लामाले जुन प्रकारको गैर जिम्मेवारपूर्वक बयान दिएकाल छन् त्यो अति नै लज्जास्पद एवं दुर्भाग्यपूर्ण छ रहेको भारतीय जनता पार्टीको युवा मोर्चाको दार्जिलिङ जिल्ला अध्यक्ष निरज राईले बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गरी बताए अनुसार अमर लामाको यस्तो गैर जिम्मेवारपूर्ण बयानको घोर भर्त्सना जनाउणदछु भनी बताउँदै यदि चिया बगान जीटीएको बिषयमा पर्दैन भने चिया बगानको नाममा किन पैसा उठाइयो त? के भागोप्रमोको श्रमिक सङ्गठनद्वारा गर्दै गरेकोे गेट मिटिङ एउटा नाटक मात्र हो?के विगत चुनावमा भोट माग्दा थाहा थिएन कि जीटीएमा चिया बगान पर्दैन भनेर?किन जबर्जस्ती श्रमिकहरको मागलाई कुल्चेर जीटीएले सिलिगुडीमा श्रमिक भवन बनाउने प्रकिया शुरु गर्दैछ भनी प्रश्न गरेका छन्। उनले अघि भने, के जीटीएको रिलिफ फण्ड पनि सुरक्षित छ? यदि छ भने चिया बगानको मजदुरहरुको नाममा उठाएको रकम चाडो भन्दा चाँडै श्रमिकहरुलाई वितरण गरियोस्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement