सलोनी राई स्मृति नक्आउट फूटबलः फाल्कन एफसी बी विजेता

IMG_20220923_200122.jpg

२३ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा फाल्कन एफसी (रम्बी)-को बी टीमले जीत हासिल गऱ्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा शुक्रवार खेलिएको म्याचमा फाल्कन एफसी बी-ले एवाईसी लाब्दा बस्तीलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दीपेन राई र दिपेश राईले २-२ गोल गरे। यसरी नै एवाईसी-बाट साहिल तामाङले गोल गरे। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement