चियाबारीको समस्यमाथि सहानुभूतिसम्म दर्शाउन नसक्नेले गैर जिम्मेवारीपूर्ण भनाईको निम्ति नैतिकताको आधारमा आफ्नो पदबाट राजीनामा दिनपर्छ: हाम्रो पार्टी

IMG_20220923_195338.jpg

सोनादा: जीटीएले एकापटि श्रमिकहरुको नाममा संग्रह गरेको चेयरम्यान रिलिफ फण्ड” श्रमिकहरुलाई फर्काउनको साटो “श्रमिक भवन बनाउछौ, भन्दैछ जबकि सभामा विपक्षले विरोध गर्दैछ तर हैकमवादी नीतिले जबर्जस्ती सत्ताको दुरुपयोग गर्दै प्रस्ताव पारित गरेर श्रमिक भवन नै बनाउने अडान स्पष्ट राखेको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको सह सचिव बबिन निगम सुब्बाले बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै दुर्भाग्यपूर्ण कुरा जब चियाबारी श्रमिकहरुको हक र अधिकारको कुरा आउँछ तब फेरि मालिकले नै दिन्छ भन्छ, यो कस्तो दुई मुखे निती हो सत्तामा बसेको पार्टीको भनी प्रश्न तेर्साएका छन्। उनले अघि भने, ‘अब चिया मालिकको नै दया र मायामा राजनैतिक खेती गर्ने खेल बन्द गर। कहिले रित्तो थाल र कहिले अनशनको फ्लप नाटक हाम्रो गरीब श्रमिकहरुलाई मञ्चन गराउँदै श्रमिकहरुको कटौती गरेको हक र अधिकारको ज्याला मालिकहरुबाट उसल्न नखोज।
निश्चित रूपमा अधिकांश श्रमिक परिवार आर्थिक रूपमा गरीब र असक्षम होला तर मूर्ख चै छैन।
आज म जुन ठाउँमा बस्छु यो चियाबारी हो शहर बजारदेखि निकै टाडामा पर्छ तर म यो ठाउँको हो भन्न गर्व गर्छु, यो हो रङ्गमुक सिडर्स चियाबारी जहाँ म उभिएको छु। यो चियाबारी श्रमिकको सन्तानहरु भारत देश र पश्चिम् बङ्गाल राज्यको माथिल्लो तहको उच्च पदमा आशिन मात्रै नभई शिक्षा क्षेत्रको विद्वान अनि राजनैतिक ईतिहासमा देशको सर्वोच्च लोक सभामा दुइचोटी सांसद बन्न सक्षम ब्यक्तित्वहरु बसोबास गर्ने ठाउँ हो।’
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको सह सचिव बबिन नुगो सुब्बाले अघि भने, हिजोआज प्रत्येक चियाबारी क्षेत्रहरुमा उच्च शिक्षा हाँसिल गरेकाहरु मात्रै नभई देश र राज्यको उच्च पदमा कार्यरत ब्यक्तित्वहरु बसोबास गर्छन् यो चियाबारीहरुमा। चियाबारीको समस्यमाथि सहानुभूतिसम्म दर्शाउन नसक्ने जीटीए प्रमुख अनि उनको सल्लाहकारले गैर जिम्मेवारीपूर्ण भनाईको निम्ति नैतिकताको आधारमा आफ्नो पदबाट राजीनामा दिनपर्छ।’

About Author

Advertisement