आर अश्विनको सिडनी थण्डरसँग ऐतिहासिक अनुबन्ध

IMG-20250926-WA0001

नयाँ दिल्ली: पूर्व भारतीय स्पिनर रविचन्द्रन अश्विन अष्ट्रेलियामा हुने बिग ब्याश लीग (बीबीएल)-को निम्ति सिडनी थण्डरमा सामेल भए। यसको साथै उनी बीबीएल-मा सामेल हुने भारतका पहिलो स्टार क्रिकेटर बनेका छन्। अश्विनले हालै अन्तर्राष्ट्रिय क्रिकेट र इण्डियन प्रीमियर लीग (आईपीएल)-बाट सन्न्यास लिएका थिए। यस ३९ वर्षीय बलरलाई १४ दिसम्बरदेखि २५ जनवरीसम्म हुने बीबीएलको दोस्रो हाफमा खेलिरहेको देखिनेछ। अश्विनले भनेका छन्, सिडनी थण्डर आफ्नो टीममा मेरो प्रयोगबारे स्पष्ट थियो। मेरो उनीहरूसँग असल कुराकानी भयो अनि म आफ्नो भूमिकालाई लिएर सम्पूर्ण रूपले सहमत भएँ। मलाई डेव वार्नरसँग खेल्नु मन पर्छ। म टोलीको निम्ति प्रदर्शन गर्न उत्सुक छु। नयाँ चुनौतीलाई सामना गर्न म तयार छु।
सिडनी थण्डरका महाप्रबन्धक ट्रेण्ट कोपल्याण्डले यसलाई बीबीएल इतिहासको सबैभन्दा ठूलो अनुबन्ध बताए। अश्विन बीबीएलमा खेल्ने पहिलो भारतीय पुरुष क्रिकेटर हुनेछन् । भारतमा जन्मिएका उन्मुक्त चन्द र निखिल चौधरी विदेशमा प्रवासपछि बीबीएलमा खेलेका थिए। अश्विन आईएलटी२०-को लिलामीमा पनि सामेल भएका छन्। चार जनवरीमा लीग समाप्त भएपछि उनी बीबीएलको दोस्रो हाफमा सिडनी थण्डरमा सामेल हुनेछन्। बीसीसीआई-को नियमहरू अनुसार, अन्तर्राष्ट्रिय र घरेलु स्तर (आईपीएलसहित)-मा सक्रिय भारतीय खेलाड़ीहरूले विदेशी लीगहरूमा खेल्न पाउँदैनन्। अश्विनले भारतको निम्ति टेस्ट क्रिकेटमा ५३७ विकेट लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement