गान्तोक: स्टेट काउन्सिल अफ् एजुकेश्नल रिसर्च एण्ड ट्रेनिङको पहलमा राज्यस्तरीय विज्ञान संगोष्ठी आयोजन गरियो। लोवर बुर्तुकमा आयोजित कार्यक्रमको समापन अवसरमा शिक्षा विभागीय मन्त्री राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधनलाई मन्त्री बस्नेतले विद्यार्थीहरूले आफ्नो उमेर कम भए पनि क्वान्टम प्रविधिमा प्रदर्शन गरेको ज्ञान र प्रस्तुतिकरण क्षमताको प्रशंसा गरे। उनले विद्यार्थीहरूलाई मार्गदर्शन गर्न शिक्षकहरूद्वारा गरिएको परिश्रमको सराहना गरे। बालबालिकाहरूको रुचिअनुसार ज्ञान र स्मरणशक्तिलाई प्रभावकारी रूपमा प्रयोग गर्न दिशामा पनि प्रोत्साहित गरे। सोही क्रममा एससीइआरटीका सहायक प्राध्यापक परिजित सुत्रधरले जिल्लास्तरीय विज्ञान संगोष्ठीबारेमा प्रस्तुतीकरण दिए। उनले माध्यमिकस्तरका विद्यार्थीहरूमा चासो र विश्लेषणात्मक सोचलाई प्रोत्साहण गर्नुपर्ने विषयमा ध्यान केन्द्रित गराए। प्रतियोगितामा प्रत्येक जिल्लाबाट दुई-दुईजना विद्यार्थी राज्यस्तरीय प्रतियोगिताको निम्ति छनौट गरिएको छ। सोही प्रकारले नरबहादुर सरकारी महाविद्यालयका भौतिकशास्त्र विभागका प्रमुख डा. होमनाथ लुँटेलले विद्यार्थीहरूसँग आफ्नो अऩुभव साँझा गर्दै विद्यार्थीहरूद्वारा गरिएको कामको प्रशंसा गरे।