गान्तोक: जोरथाङ पुलिसले भारी मात्रामा नशालुपदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी निखिल छेत्री बताएको छ। आरोपी छेत्रीलाई पुलिसले जोरथाङको अक्कर पुलबाट पक्राउ गरेको हो। आरोपीबाट पुलिसले ब्राउनसुगर फेला पारेको छ। हाल आरोपी छेत्रीविरूद्ध जोरथाङ पुलिस थानामा एनडीपीएस एक्ट 1985 अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। सोही प्रकारले रानीपुल पुलिसले हिजो लोवर नान्डोक निवासी फूर्बा तामाङलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। आरोपीबाट पुलिसले १८ ग्राम ब्राउनसुगर फेला पारेको थियो। यसरी नै रानीपुल पुलिसले ल्हमु तामाङलाई ३८ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। पुलिसले जानकारी गराएअनुसार एसके ०१-१२४० टाटा सुमोबाट आइरहेका तामाङले नशालुपदार्थ लिएर आइरहेको जानकारी विश्वासनीय सुत्रले पुलिसलाई गरेको थियो। सोही सूचनाको आधारमा पुलिसले उक्त वाहनको जाँच गर्ने क्रममा एनटेन ट्याबलेट पनि फेला पारेको हो। पक्रा पर्ने दुवै आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।