राज्यका विभिन्न स्थानमा ‘स्वच्छ ही सेवा’ अभियान

IMG-20250925-WA0166

मन्त्री उप्रेतीद्वारा फोहोरमुक्त समाजका लागि अघि आउने अपील

गान्तोक: मंगन -जिल्लाको काबि तिङदा खण्ड प्रशासनिक केन्द्र अनि ग्राम प्रशासन केन्द्रमा आज स्वचछ ही सेवा अभियानअन्तर्गत श्रमदान दिवस पालन गरियो। यसअघि खण्ड विकास अधिकारीले सबै कर्मचारीहरूलाई “श्रमदान दिवस” बारेमा जानकारी गराउँदै सहभागिताको आग्रह गरे। कार्यक्रममा काबि तिङदा खण्ड प्रशासनिक केन्द्र र शिक्षा विभागका सहायक अभियन्ता लगायत अन्य विभागीय अधिकारीहरूले अंशग्रहण गरेका थिए। यस अवसरमा आठवटा ग्राम प्रशासन केन्द्र काबि, रोङपा, लिङचोम, तिङदा, फेन्सोङ, मेन रोङगोङ, नाबे सोतोक, लिङदोङ नाम्फोक र क्योङसालाका अधिकारीहरूले सहभागिता जनाएका थिए। सोही प्रकारले गान्तोक जिल्लामा पनि स्वास्थ्य ही सेवा अभियानअन्तर्गत सहकारी विभागको पहलमा श्रमदान दिवस पालन गरियो।
उक्त कार्यक्रम देउरालीस्थित सिलगढी ट्याक्सी स्टयाण्डमा पनि आयोजन गरिएको थियो। कार्यक्रम एक दिन, एकघण्टा, एकसाथ ब्यानरमा आयोजना गरिएको हो। कार्यक्रम अन्तर्राष्ट्रीय सहकारी वर्ष २०२५ अन्तर्गत आयोजन गरिएको हो। उक्त कार्यक्रमको उदघाटन ग्रामीण प्रबन्धन विकास विभागीय मन्त्री अरूणकुमार उप्रेतीले गरे। उनले स्वच्छ समाजको लागि स्वच्छ वातावरणको महत्त्वलाई जोड दिँदै सरसफाई अभियान आयोजना गरिएको बताए। यस अवसरमा सहकारी विभागका वरिष्ठ अधिकारीहरू, कर्मचारीहरू र स्थानीय सहकारी संस्थाका सदस्यहरूले पनि सक्रिय रूपमा भाग लिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले आर्थिक गतिविधिहरू मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि प्रवर्द्धन गर्न सहकारिताको भूमिकामाथि प्रकाश पारे। उनले फोहोरमुक्त भारतको लागि देशका प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई सफल पार्न नागरिकहरूको महत्वपूर्ण योगदान हुनुपर्ने विषयमाथि जोड दिए। सोही क्रममा सहकारी विभागका सचिवले सहभागीहरूलाई कार्यक्रमबारे अवगत गराए। यसरी नै पासिङदाङमा पनि पन्ध्र दिवसीय लामो स्वच्छता ही सेवा अभियानअन्तर्गत स्वास्थ्य शिविर आयोजन गरियो। उक्त कार्यक्रम अन्तर्गत विद्यालय, खण्ड प्रशासनिक केन्द्र र ग्राम पञ्चायत केन्द्रमा सफाई कर्मचारीहरूलाई सहभागी बनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement