केन्द्रीय कृषिमन्त्री चौहानद्वारा प्रशासनिक एवं शैक्षिक भवनको भर्चुअल उदघाटन

IMG-20250925-WA0165

गान्तोक: केन्द्रीय कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज इम्फालस्थित केन्द्रीय कृषि विश्वविद्यालयअन्तर्गत सिक्किमको बर्मेकमा रहेको बागवानी कलेजको प्रशासनिक तथा शैक्षिक भवन र वार्षिक क्षेत्रीय कार्यशालाको भर्चुअल उद्घाटन गरे। कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर, कृषि तथा किसान कल्याण राज्यमन्त्री भागीरथ चौधरी, सिक्किमका कृषि मन्त्री पुरण कुमार गुरुङ, उपकुलपति डा. अनुपम मिश्रा र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले भौतिक रूपमा सिक्किममा उपस्थित नभए तापनि मन भने बर्मेकमा रहेको बागवानी कलेजको नवनिर्मित भवनमा रहेको बताए। भारत सरकारको प्रतिनिधिको रूपमा उपस्थित भागीरथ चौधरीले भाग लिएरको बताए। नवनिर्मित भवन ५२ करोड रुपियाँको लागतमा निर्माण गरिएको हो। यसको निर्माणले सिक्किमका छोराछोरीहरूलाई राम्रो शैक्षिक सुविधा प्रदान गर्ने बताए। शिवराज सिंह चौहानले सिक्किम एक अद्भुत र प्राकृतिक सौन्दर्य साथै अद्भुत हावापानीले भरिपूर्ण राज्य बताए। सिक्किममा अदुवा, हर्दी, गोलभेडा र काउलीजस्ता तरकारीहरू, साथै एभोकाडो, किवी, ठूला अलैंची, अर्किड र अन्य तरकारीहरूको अपार सम्भावना रहेको बताए। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले मौरीपालन, च्याउ खेती, बाँस र औषधीय बोटबिरुवा रोपण जस्ता गैर-परम्परागत बालीहरूको प्रवर्द्धनले सिक्किमको बागवानी गतिविधिहरूमा उल्लेखनीय विविधता ल्याएको बताए। उनले भने कि सिक्किम एक जैविक राज्य हो। यहाँका किसानहरू सिक्किमलाई मात्र नभई सम्पूर्ण देशलाई रासायनिक मलमुक्त शुद्ध उत्पादन पुर्यारउन काम गरिरहेको उल्लेख गरे। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय कृषि द्रुत गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पहाडी राज्यहरूलाई उच्च प्राथमिकता दिएको बताए। उऩले भारत सरकारले सिक्किममा कृषि प्रवर्द्धन गर्न कुनै कसर बाँकी नराख्ने भन्दै यहाँको अद्वितीय हावापानीको थप शोषण गर्न प्रयास गर्ने बताए। उनले जैविक र प्राकृतिक खेतीतर्फ कसरी अघि बढ्ने भन्ने बारेमा पनि उल्लेख गरे।

About Author

Advertisement