मुख्य न्यायाधीशद्वारा स्टेट जेलको निरीक्षण

IMG-20250925-WA0163

गान्तोक: सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश बिश्वनाथ सोमद्दरले आज रोङगेस्थित राज्य कारागारको भ्रमण गरे। यसबीच उनलाई गृह विभागका प्रोटोकल सचिव बेनु गुरुङ, जिल्लापाल तुषार जी एन. निखरे, डीआईजी एसटी टोनीयोन्त, अतिरिक्त एसपी साबित्री प्रधान तथा विभिन्न विभागका अधिकारीहरूले स्वागत गरे। भ्रमणका क्रममा मुख्य न्यायाधीशले कैदीहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै सुधारात्मक पहलहरूबारे छलफल गरे। उनले जेल भन्ने शब्दको सट्टा कर्रेक्सनल सेन्टर/होम भन्ने प्रचलनमा ल्याउन आग्रह गरे। कैदीहरू समाजमा पुनःस्थापित हुन सकून् भन्ने उद्देश्यले कम्प्युटर शिक्षा शुरु गर्ने विषयमा समेत विचार विमर्श भयो। यस अवसरमा अनुशासन र राम्रो आचरण देखाएका ६ जना कैदीलाई पुरस्कृत गरिएको थियो। साथै, मुख्य न्यायाधीशले कानूनी सहायता केन्द्र, औषधालय, पुस्तकालय, कारागार कोठा, सलुन, कैदीहरूको भान्छा, बाँस तथा काठकलाको कार्यशाला क्षेत्रको निरीक्षण गरे। भ्रमणका क्रममा उनले गृह विभागका प्रोटोकल सचिव, जिल्लापाल र डिआईजीलाई स्वास्थ्य सुविधा सुधार, खाना गुणस्तर वृद्धी, र कारागार वरिपरिका सडकहरूको मरम्मति जस्ता आवश्यक सुधारात्मक कार्यहरू तत्काल गर्ने निर्देशन दिए। कार्यक्रममा उच्च न्यायालयका रजिष्ट्रार जनरल प्रज्वल खतिवडा, प्रधान जिल्ला एवं सत्र न्यायाधीश के डब्ल्यू. भोटिया, अन्य न्यायिक अधिकारीहरू तथा कारागारका अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement