गान्तोक: अन्ततः सिक्किम डेमोक्रेटिक फ्रण्टका युवा नेता अरुण लम्बूले जमानत पाएका छन्। आज गान्तोक सत्र न्यायालयले उनको जमानत अर्जीलाई मञ्जुरी प्रदान गरेको छ। उल्लेखनीय छ, यस अघि सत्र न्यायालयले लिम्बूको जमानत अर्जीलाई अस्वीकार गरेको थियो।
एसडीएफ-का प्रवक्ता पदमा रहेका अरुण लिम्बूमाथि समाजिक सञ्जालमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नीको विरोधमा आपत्तिजनक टिप्पणी गरेको साथै राज्य र देशको शान्ति अनि कानून व्यवस्थालाई खलबल्याउने पोस्ट हालेको आरोप रहेको छ। एसडीएफ पार्टीले यी आरोपहरूलाई झुटो र आधारहीन बताउँदै आएको छ।